विदेसिएको छोरो जिउ“दो लास बनेर फर्किएपछि. . .
Advertisement
|
विदेश गएर धेरै पैसा कमाउँला, घरपरिवार चलाउँला, ऐलानी जग्गालाई आफ्नो बनाउँला, छोराछोरीलाई राम्रो स्कुलमा पढाउँला भन्ने सपना बोकेर विदेश हानिएका खेमबहादुरको सपना अहिले सबै चकनाचुर भएको छ । उनी अहिले अरूको सहाराविना हिँडडुल गर्न त परै जाओस् एक गाँस खाना खान पनि नसक्ने भएका छन् ।
घरको एउटै छोरो वृद्ध बाबुआमा, श्रीमती र दुई छोराछोरीको जिम्मेवारी सबै उनकै काँधमा थियो, तर अहिले उनी अरूको सहारामा जीवन बिताइरहन बाध्यभएका छन् ।मलेसियाको एक कम्पनीमा सेक्युरिटी गार्डको काममा गएका घर्तीलाई आफूले काम गरेको कम्पनीको नाम पनि थाहा छैन ।
दुर्घटनामा परेपछि उनी एक महिना तीन दिनसम्म मलेसियाकै एक अस्पतालमा उपचार गरेर बसे । तर, उनको हातखुट्टा, शरीर चल्दै चलेन । पैसा पनि धेरै खर्च गरे, निको नभएपछि उनी घर फर्किएका थिए ।
त्यहाँसँगै रहेका उनका भिनाजु, जेठान र साथीले केही उपचार खर्च दिएका थिए, घरबाट समेत ऋण काढेर उपचारका लागि रकम पठाएका थिए । उनलाई घरसम्म ल्याउनका लागि कावासोतीस्थित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले सहयोग गरेको थियो ।
मलेसियामा मात्रै औषधि उपचारमा ५ लाख रुपैयाँ खर्च भएको घर्तीले बताए । कम्पनीबाट उपचारका लागि कुनै पनि
सहयोग भएन ।
नेपाल आएपछि पनि उपचारका लागि धेरै अस्पतालमा पुगेको भएपनि निको भने हुन सकेन ।
‘काठमाडांैका वीर अस्पताल , टिचिङ अस्पतालसहित सातआठ वटा अस्पतालमा उपचारका लागि गए, तर जहाँ गए पनि हातखुट्टा चल्दैन । जिउँदो लासझंै भएर बस्नुपरेको छ । एउटै छोरो बाआबा बूढा छन्, आफूले कमाएर खुवाउनुपर्ने ठाउँमा उल्टै ऋण लगाएर बस्नु परेको छ । नेपालमा मात्रै उपचार गराउँदा ६ लाख रुपैयाँ सकिसक्यो,’ घर्तीले भने ।
उपचारका लागि १ कठ्ठा जग्गासमेत बेचेको घर्तीले बताए । ‘उपचार खर्चलाई १ कठ्ठा जग्गा पनि बेचें, त्यो छेउ पनि लागेन, अझै ७ लाख रुपैयाँ रिन छ कसरी तिर्ने हो ? थाहा छैन । दाजुभाइ छैनन्, छोराछोरी सानो छ, कसले कमाएर तिर्ने हो ?’ घर्तीले भने ।
विदेश जाँदा उनले प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा बिमा गरेका थिए, तर सो बिमा कम्पनीले बिमा रकम नदिएको घर्तीको गुनासो छ ।
‘बिमाबाट पैसा आउँछ भन्ने आसमा रिन काढेर उपचार गरेको अन्तिममा आएर पैसा नै दिएन । कागजपत्र बनाउनलाई तीनचारपटक कम्पनीमा बोलायो एम्बुलेन्स बोलाएर खर्च गरीगरी गए, एकपटक घरमै बुझ्न आएका थिए । कागजपत्र बन्दैछ दुईचार दिनमा पैसा आउँछ भनेर आस देखाए तर, दिएनन्,’ घर्तीले गुनासो गरे ।
बिमा रकम दिलाउनका लागि कावासोतीको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले पनि धेरै पहल गरेको परामर्शदाता रञ्जना लम्सालले जानकारी दिएकी छन् । घर्ती नेपाल फर्केपछि नै प्राइम लाइफ इन्सुरेन्सको काठमाडौं र कावासोती शाखासँग पटकपटक रकम उपलब्ध गराउन आग्रह गरेको भए पनि उसले दुर्घटनामा परेर अंगभंग भए मात्रै बिमा रकम दिन मिल्ने तर घर्तीलाई प्यारालाइसिस भएकाले यस्तो केसमा रमक दिने इन्सुरेन्स पोलिसी नै नभएकाले रकम दिन नमिल्ने जवाफ दिने गरेको लम्सालले बताइन् ।
‘बिमाको केही रमक घर्तीलाई उपलब्ध गराउन पाए मात्रै पनि धेरै राहत मिल्ने भएकाले कम्पनीमा अझै पनि हामीले ताकेता गरिरहेका छौं । पछिल्लोपटक त हामीलाई बिमा रकम दिन बाध्य पार्नुस् बल्ल दिन्छौं नभए दिँदैनांै भनेर धम्कीपूर्ण भाषा प्रयोग ग¥यो,’ लम्सालले भनिन् । घर्तीका बुबाआमा, श्रीमती एक छोरा र एक छोरी छन् । ७ कठ्ठा जग्गा छ, त्यो पनि आफ्नो नाममा छैन २÷३ कठ्ठामा परिवार मिलेर तरकारी खेती गरेका छन् त्यसैबाट जेनतेन घरखर्च चलिरहेको छ । ऋण तिर्न नसक्दा ब्याज थुप्रिएर बसेको छ । एक जनालाई उनकै स्याहारसुसार गदै ठीक्क हुन्छ ।
उनकी श्रीमती प्रेममाया घर्तीलाई पनि श्रीमान्को चिन्ताले सधैं पिरोलिरहेको छ । बिमा कम्पनीबाट धेरैथोरै जति भए पनि पैसा पाए केही सहज हुने उनको भनाइ छ ।
‘अब जेजे हुनु थियो भयो, बिमाको पैसा धेरैथोरै जति पाए पनि रिन तिर्न हुन्थ्यो हामीले भनेर त दिएनन् अरू ठूलाठूला मान्छेले भनेर दिन्थे होला भनिदिए हुन्थ्यो,’ पे्रममायाले भनिन् ।
source:-rajadhani daily

0 comments
प्रतिक्रिया दिनुहोस्...