-->
साडी पहिरिँदा गर्न नहुने गल्ती
Advertisement

नारीको सौन्दर्य साडीमै धेरै झल्किन्छ । महत्वपूर्ण पार्टी तथा औपचारिक समारोहमा नेपाली नारी साडीमै उपस्थित हुन चाहेको पाइन्छ । समय र समारोहअनुसार फरक–फरक रङ र डिजाइनका साडी चल्तीमा छन् । बिहेको लगन परेको यो महिना त झनै नारीका लागि साडी पहिरिने मौसम नै हो । तर, साडी लगाउने उत्कट चाहनाले मात्रै कहाा हुन्छ र ? स–साना कुरामा विचार राख्न नसक्दा साडीले गेटअप नै भद्दा या नमिल्दो देखाइदिन सक्छ । फेसन डिजाइनर नवीना महर्जनले साडी पहिरिँदा गर्न नहुने गल्ती औंल्याएकी छिन् :
साडी
सबैभन्दा पहिले यो ख्याल गर्नुहोस् कि कुन प्रयोजनका लागि साडी लगाउने हो । सामान्य कार्यक्रमका लागि हेभी साडी कहिल्यै नरोज्नुहोस् । हल्का खालका प्रिन्टेड साडीले लुक्स भलाद्मी देखाउँछ । बिहे या अन्य पार्टीमा जाँदै हुनुहुन्छ भने प्रिन्टेड साडीले खासै म्याच गर्दैन । बुट्टा भरिएको हल्का साइनिङ साडी नै राम्रो हुन्छ । विशेष समारोहमा उपस्थित हुँदा गहना पनि लगाउने हुनाले धेरै हेभी साडी पनि नपहिरिनुहोस् । भलाद्मी साडीमा गहना मिलाएर लगाएपछि लुक्समा सौन्दर्य आउँछ ।
पेटिकोट नेटबाहेकका साडीमा चम्किलो
(फ्लेयर्ड) पेटिकोट म्याच गराउने गल्ती गर्नुहुँदैन । सादा खालको फिटिङ पेटिकोट यस्ता साडीमा राम्रो हुन्छ । यस्तो पेटिकोट पहिरिँदा सहज महसुस पनि हुन्छ । तर, नेट साडी लगाउने हो भने अहिले एलाइन पेटिकोट फेसनमा छ । यो पेटिकोट स्कर्ट टाइप (हिपमा फिटिङ, तर तलको फेरो फराकिलो) मा हुन्छ । ट्रान्सपरेन्सी भएर भित्रको साइन दखिने हुनाले नेट साडीमा भने एलाइन पेटिकोटले राम्रो लुक्स दिन्छ ।
ब्लाउज
साडीमा लुज ब्लाउज पहिरिने गल्ती कहिल्यै नगर्नुहोस् । लुज ब्लाउज साडीमा फिटिक्कै सुहाउँदैन । फिटिङ ब्लाउजले साडीको गेटअपलाई थप सुन्दर बनाइदिन भूमिका खेल्छ ।
पर्स
साडीको पहिरनमा हुँदा ठूलो पर्स बोक्ने आवश्यकता पर्दैन । साडीमा ठूलो पर्स बोक्दा गेटअप नै अनावश्यक देखिन्छ । साडीमा ठूलो पर्स म्यानेज गर्न पनि गाह्रो पर्छ ।
फुटवेयर
साडी लगाउने अधिकांशले फुटवेयर म्याचिङमै गल्ती गरेको देखिन्छ । जुनसुकै साडीमा जुनकुनै स्यान्डल–चप्पल पहरिने बानी हुन्छ । तर, यो गलत हो । साडीले दिएको सौन्दर्य अमिल्दो फुटवेयरले खोसिदिन्छ । साडीमा म्याच नहुने फुटवेयर पहिरिँदा गेटअप भद्दा देखिन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.