Advertisement
|
काठमाडौं/ मुलुकको झन्डै आधा जनसंख्या इन्टरनेटको पहुँचमा जोडिएको छ । दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको पछिल्लो तथ्यांकले नेपालका ४८ दशमलव ३९ प्रतिशत जनतामा इन्टरनेटको पहुँच पुगेको उल्लेख छ । प्राधिकरणका अनुसार हाल नेपालका नेपालका १ करोड २८ लाख २० हजारजनाले इन्टरनेट चलाउँछन् ।
प्राधिकरणका अनुसार पछिल्लो १ वर्षको अवधिमा इन्टरनेटमा नेपालीको पहुँच ७ दशमलव ०६ प्रतिशतले बढेको छ । इन्टरनेटको पूर्वाधार विकास र सेवा विस्तार बढेसँगै इन्टरनेट प्रयोगकर्ता थपिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । त्यस्तै, मोबाइल फोनमार्फत इन्टरनेट चलाउनेका संख्या उच्च रहेको उनको भनाइ छ ।
नेपालमा सबैभन्दा बढी जिपिआरएस चलाउनेको संख्या बढिरहेको छ । हाल १ करोड २२ लाखले जिपिआरएस तथा डब्ल्युसिडिएमए चलाउँछन् । त्यस्तै, केबलबाट इन्टरनेट चलाउने ८४ हजार, एडिएसल चलाउने १ लाख ६८ हजार र वाइम्याक्स प्रयोगकर्ता १४ हजार ७ सय पुगेका छन् ।प्राधिकरणकाअनुसार हालसम्म नेपालमा टेलिफोन सेवाको बिक्री संख्या कुल जनसंख्याभन्दा बढी पुगेको छ । हालसम्म २ करोड ९९ लाख ५२ हजार सिम/लाइन बिक्री भएका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...