-->
'ठूलो जात' देखाउन अर्कैको नागरिकता
Advertisement

आफ्नो मात्र होइन परिवारकै थर फेरेर राहदानी पनि
तुलसीपुर: आफ्नो दलित थर लुकाउन एक व्यक्तिले अर्कै थरको नागरिकता बनाएका छन्। तुलसीपुर १० दमारगाउँका वीरलाल नेपालीले आफ्नै छिमेकी वीरबहादुर गुरुङको नामबाट नागरिकता बनाएपछि अहिले दुवैको नागरिकता विवादमा परेको छ।
उनले आफूले मात्रै थर फेरेनन्, श्रीमती तथा छोराछोरीलाई पनि गुरुङ थर लेखाएका छन्। उनले गुरुङ थरबाट राहदानी पनि बनाइसकेका छन्। जब सोही नागरिकताधारी वीरबहादुर गुरुङले इलाका प्रशासन कार्यालय तुलसीपुरमा राहदानीका लागि २०७२ साल असोजमा आवेदन दिन गए अनि प्रशासनले पहिला नै राहदानी बनिसकेको हुनाले त्यो हस्तलिखित राहदानी र नागरिकता प्रशासनमा ल्याउन भन्यो। त्यसपछि वीरबहादुर गुरुङ छाँगाबाट खसेजस्तै भए। त्यसअघि उनले राहदानी बनाएकै थिएनन्।
हाल तुलसीपुर-१० डाँडागाउँ निवासी गुरुङले २०४५ साल जेठ ४ गते नागरिकता बनाएका थिए। त्यसको एक दिनअघि मात्रै पहिलो सोही गाउँमा बस्ने र हाल तुलसीपुर-५ मा बस्दै आएका वीरलाल नेपालीले पनि नागरिकता प्राप्त गरेका थिए। दुवैको नाम प्रशासनको ढड्डामा सँगसँगै थियो।
तर वीरलाल नेपालीले २०६२ साल भदौ ६ गते इलाका प्रशासन कार्यालय तुलसीपुरबाट वीरबहादुर गुरुङको नागरिकताको प्रतिलिपि माग गरे। त्यति मात्र होइन, त्यही नामबाट राहदानी पनि बनाइसकेका छन्।
वीरलाल नेपालीले २०६२ साल भदौ ६ गते इलाका प्रशासन कार्यालय तुलसीपुरबाट वीरबहादुर गुरुङको नागरिकताको प्रतिलिपि माग गरे। त्यति मात्र होइन, त्यही नामबाट राहदानी पनि बनाइसकेका छन्। सोधखोज गर्दै जाँदा छिमेकी वीरलाल नेपालीले आफ्नो नामको नागरिकता निकालेको थाहा भएपछि उनीहरूबीच विवाद भयो।
सोधखोज गर्दै जाँदा छिमेकी वीरलाल नेपालीले आफ्नो नामको नागरिकता निकालेको थाहा भएपछि उनीहरूबीच विवाद भयो। त्यसबेला वीरलाल नेपालीले आफूले थर लुकाउन गुरुङको नामबाट नागरिकता निकालेको वीरबहादुर गुरुङलाई बताएका थिए।
इलाका प्रशासन कार्यालयका अनुसार वीरलाल नेपालीले गुरुङलाई नागरिकताका लागि केही रकमसमेत दिएको बताएका छन्। दुवैजनाले वकिलसँग कागज गरेर रकम लेनदेन गरेको समेत खुल्न आएको छ। 'त्यो बेला वीरलाल नागरिकताको प्रतिलिपि माग्न आउँदा फोटोकपी लिएर आएका थिए, पुरानो फोटो भएका कारण कर्मचारी पनि झुक्किए होलान्', इलाका प्रशासन कार्यालयका सूचना अधिकारी यादव भुसालले भने, 'त्यो कर्मचारीको दोषभन्दा पनि झुक्किएको हुनसक्छ तर उनीहरूले नागरिकता किनबेच गरेको देखिन आउँछ।'
अहिले यो मुद्दा जिल्ला प्रशासन कार्यालयमा पुगेको छ। वीरलाल नेपाली केही समय फरार भए। केही समयअघि उनीहरूबीच पैसाको लेनदेन भएको र यो कुरालाई बाहिर सार्वजनिक नगर्ने सहमति भएको वकिलहरू बताउँछन्। अहिले आएर वीरबहादुर गुरुङ आफ्नो नागरिकता र राहदानीका लागि पहल गरिदिन आग्रह गर्न लागेका छन्। 'आफ्नै नामबाट अरूले नागरिकता लगिदिन्छ, आफ्नो सारा सन्तानलाई पनि सोही थरको नागरिकता बनाइदिन्छ, मैले केही पनि नपाउने ? ' वीरबहादुरले भने, 'यो त सरासर अन्याय भयो।'
गुरुङका अनुसार जिल्ला प्रशासन कार्यालयले पनि हाल आएर यो मुद्दा आफ्नो क्षेत्राधिकारभित्र नपर्ने र अख्तियारमा गएर जाहेरी दिन आग्रह गरेको छ। कानुन व्यवसायीले पनि आफ्नो अधिकार प्राप्तिका लागि अख्तियार दुरुपयोग अनुसन्धान अयोगको क्षेत्रीय कार्यालयमा जाहेरी दिन सल्लाह दिँदै आएका छन्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.