-->
अब कुकुरको पनि स्थायी बन्ध्याकरण
Advertisement


भक्तपुर: छाडा कुकुरको सङ्ख्या अत्यधिक वृद्धि भएपछि नियन्त्रण गर्न जिल्ला पशु सेवा कार्यालयले चाँडै कुकुरको स्थायी बन्ध्याकरण गर्ने भएको छ ।
कार्यालयले सल्लाघारी चोकदेखि दूधपाटी हुँदै दरबार स्क्वायर र दत्तात्रय चोकका पोथी कुकुरको स्थायी बन्ध्याकरण गर्न लागेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा नवीन घिमिरे उपाध्यायले जानकारी दिए ।बन्ध्याकरण जिल्लास्थित भक्तपुर पशुकल्याण समाजसँग सहकार्य गरी सञ्चालन गरिने छ ।
कार्यालयले आवश्यक बजेट व्यवस्था गर्ने र समाजले आवश्यक प्राविधिक सेवा दिने छ । एउटा कुकुरको बन्ध्याकरण गर्न कम्तीमा रु चार हजार लाग्छ ।
उनले बजेट थोरै भएकाले पहिलो चरणमा सल्लाघारीदेखि दूधपाटी हुँदै दरबार स्क्वायर र दत्तात्रय चोकका कुकुरको बन्ध्याकरण गर्न लागिएको बताए
उनले छाडा कुकुरको व्यवस्थापन स्थानीय नगरपालिकाले गर्नुपर्ने र उनीहरुको दायित्व समेत भए पनि त्यसतर्फ चासो नदिइएको गुनासो गर्नुभयो । 'त्यसका लागि पटक पटक पहल गरे पनि नगरपालिकाले चासो नै दिएन,' उनले भने ।
स्थानीय निकाय ऐनले पनि छाडा कुकुर व्यवस्थापनको जिम्मेवारी नगरपालिकालाई दिएको छ । त्यस सम्बन्धमा नगरपालिकाले विगतमा छाडा कुकुर मार्ने अभियान सञ्चालन गर्थ्यो ।
तर पशु अधिकारको आवाज उठी कुकुर मार्न नपाइने व्यवस्था भएपछि नगरपालिकाले छाडा कुकुर व्यवस्थापन गर्न छाडेको हो ।
एक सर्भेक्षणअनुसार सल्लाघारीदेखि दूधपाटी हुँदै दरबार स्क्वायर र दत्तात्रय चोकमा एक सय २० छाडा कुकुर छन् ।
रेबिजविरुद्धको खोप
रेबिज रोगको सङ्क्रमण देखापरेपछि पशुकल्याण समाजले छाडा कुकुरलाई रेबिजविरुद्धको खोप दिने कार्यक्रम सञ्चालन गरेको छ । जिल्लामा यस वर्ष मात्र २३ रेबिजका घटना प्रकाशमा आएको समाजका टोली नेता डा प्रणवराज जोशीले जानकारी दिए ।
एक महिनाअघि मात्र भक्तपुर नगरपालिका-३, जेँलामा रेबिज देखापरेपछि जेँला र गोल्मढी क्षेत्रका एक सय ७५ छाडा कुकुरलाई रेबिजविरुद्धको खोप दिइएको थियो ।
त्यसैगरी तीन महिनाअघि आशापुरी क्षेत्रमा फैलिएको रेबिजाबट दुई मान


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.