-->
धमाधम घर छाडेर हिड्न थाले तन्नेरी छोरीहरु
Advertisement

१५ आषाढ, ओखलढुगां । सोलुखुम्बु बेतघारी ५ का प्रश्नवीर राइका १५ वर्षिया छोरी लक्ष्मी, छिमेकी रामहर्क राइकी ११ वर्षकी छोरी आकृति र उनका नौ वर्षे भाइ राजकुमार गत जेठ ११ मा घरबाट वेपत्ता भए ।
प्रहरीले भेटेर परिवारको जिम्म लागायाे । उनीहरु आफन्त भेट्न काठमाडौं हिडेको बयान दिए । बेतघारी १ का शुक्रराज राइकी १७ वर्षिया छोरी एलीना र सोही गाउँका वीरबहादुर राइकी १८ वर्षिैया छोरी सुस्मिता पनि गत जेठ १४ मा हराए ।
उनीहरुले एसएलसी दिएर घरबाट घुम्न हिँडेको बताए पनि प्रहरीले समातेर आफन्तको जिम्मा लगाएको छ । बुबा आमाको गाली र मदिरा खाएर झगडा गर्ने भएका सहनै नसकेर घर छाडेको प्रहरीलाइ बताएका छन् ।
गत वैशाख १९ देखि जेठ २५ भित्र घर छाडेर हिँडेका किशोर किशोरीको चार वटा टोलीका नौ जनालाई प्रहरीले घर फर्काइसकेको छ । जानकारीमा नआएका अन्य धेरै किशोर किशोरीले घर छाडेको हुनसक्ने प्रहरीले बताएको छ ।नेपालीपत्र डटकमबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.