-->
सलमानका कारण प्रियंका तनावमा
Advertisement

एजेन्सी, १५ असार । ‘बलात्कृत महिला’जस्तो महसुस हुने अभिव्यक्ति दिएपछि केही दिनयता भारतमा बलिउड स्टार सलमान खानको आलोचना व्यापक बढेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ– यही विषयमा सामाजिक सञ्जालमा मात्र होइन, कलाकारले अन्तर्वार्तामा पनि आफ्ना कुरा राख्न थालेका छन् । पछिल्लो समय यो विषयको आलोचना गर्ने अभिनेत्री बनेकी छिन्, प्रियंका चोपडा ।
सलमानको अभिव्यक्तिलाई कसरी लिनुहुन्छ भनेर सोधिएको प्रश्नमा प्रियंकाले भनिन्, ‘जसले त्यस्तो अभिव्यक्ति दिएको हो, उसैलाई सोध्नुस् । यहाँ मिडियाले पनि केही विषय अतिरञ्जित गरिरहेको छ । तर, यसको अर्थ के होइन भने महिलाको अवस्था अत्यन्त बलियो छ ।’ प्रियंकाले सलमानको अभिव्यक्ति आएपछि आफूलाई पनि तनाव भएको र आफू यसबाट छिटो बाहिर निस्कन चाहेको बताएकी छिन् ।
khabardabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.