-->
बिभिन्न रोगहरूमा फाइदाजनक छ लिची
Advertisement

मिडिया एनपी, काठमाडौं । लिचीको नाम सुन्दा हामीहरूमध्ये धेरैको मुखमा पानी अाउँदछ । यस फलले मानिसहरूलाइ कयौं रोगहरूबाट टाढा राख्दछ, यति मात्र हैन स्वास्थ केश र त्वचाको लागी पनि यो फल निकै फाइदा जनक रहेको छ । गर्मीको मौसममा लिचीलाइ मानिसहरूले निकै मन पराएर खाने फलका रूपमा चिनिन्छ । यसको वैज्ञानिक नाम लिची चिनेनसिस हो। चीन, ताइवान र साउथ-ईस्ट एशियाका कम ऊंचाई भएका स्थानहरूमा लिचीको खेती हुने गर्दछ । अण्डाको जस्तै आकार हुने यो फल मिठो र नरम हुन्छ । यसको वीउ भने निकै ठुलो हुन्छ । यसको खेती नेपालका झापा जिल्ला लगाएत बिभिन्न भागहरूका साथै भारतमा बिशेषगरी मुजफ्फरपुर, बिहार र नर्थ इन्डियाका बिभिन्न क्षेत्रहरूमा हुने गर्दछ ।
लिची खानाले हुने फाइदाहरू यस प्रकार रहेका छन ।
१. क्यान्सर
लिचीमा क्यान्सरसंग लड्ने बिभिन्न तत्वहरू पाइन्छ । यसको गुदीमा रहेको फ्लेवोनोइड्स तत्वले मानिसहरूलाइ घातक तथा प्राणघातक क्यान्सर रोगबाट समेत बचाउँदछ । यसका साथै फ्लेवोन्स, क्वेरसिटिन र क्यामफेरोल जस्ता तत्वले तिव्र रूपमा बढिरहेको क्यान्सरको सेल्सलाइ बढ्नबाट रोक्दछ । लिचीले ब्रेस्ट क्यान्सरबाट समेत मानिसलाइ जोगाउँदछ ।
२. मुटुको रोग
लिचीले ब्लड प्रेशरलाइ कन्ट्रोल गर्नुका साथै हार्टअट्याक र बिभिन्न प्रकारका अन्य मुटु सम्बन्धी रोगबाट मानिसहरूलाइ टाढा राख्दछ । दैनिक रूपमा एक गिलास लिचीको जूस पिएमा तपाइँ स्वस्थ रहन सक्नुहुन्छ । किनभने यसमा हुने पोलीफेनोल्स को मात्राले मुटुलाइ स्वस्थ राख्दछ । साथै यसमा रहेको एन्टी-अक्सीडेन्ट्सले इम्यूनिटी सिस्टमलाइ चुस्त-दुरुस्त राख्नुका साथै मोतिबिन्दु जस्ता रोगहरूबाट समेत मानिसहरूलाइ जोगाउँदछ ।
३. पाचन क्रिया
लिचीले पेटको सफाई गर्नुका साथै पेटको जलनलाइ समेत राहत प्रदान गर्दछ र भोक बढाउनुका साथै हाम्रो पाचन क्रियालाइ समेत सहि अबस्थामा राख्दछ । यसलाइ खानाले शरीरमा इनर्जी समेत सहि अबस्थामा रहन्छ । लिचिको वीउमा एक प्रकारको एस्ट्रिन्जेन्ट पाइन्छ, जसले पेटमा रहेका किरा मार्नमा सहायक हुन्छ । फाइबरको पर्याप्त मात्राका कारण आन्द्रा सम्बन्धि रोगहरूबाट यसले हामीलाइ फाइदा पुर्याउँदछ । लिची खानाले पेटका बिभिन्न प्रकारका समस्याहरूबाट मुक्ती मिल्दछ ।
यस बाहेक लिचीले मानिसहरूको हड्डिलाइ बलियो बनाउँदछ, यसको सेवनले भिटामिन सी तथा क्याल्शियमको कमीलाइ समेत पुरा गर्दछ । ओलिगोनोल(Oligonol) ले शरिरमा जमेको फ्याटलाइ हटाउँदछ । भिटामिन बी ले इम्युनिटी पावर बढाउँदछ, मानिसको तौललाइ कम गर्दछ । साथै त्वचाको रक्षा गर्नमा समेत सहयोगी भूमिका खेल्दछ । यस्तै गरि असमय बुढ्यौलीको समस्यालाइ समेत यसले रोक्दछ । यसका साथै फ्री रेडिकल्सबाट मुक्ती दिनुका साथै स्वस्थ्य केशका लागी पनि यसले मानिसहरूलाइ निकै फाइदा पुर्याउँदछ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.