Advertisement
|
मंगलबार, १४ असार
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरुसँग देखिएको समस्या समाधानका लागि आफु तत्पर रहेको बताएका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएको दुई वर्ष एक महिना पछि पहिलो पटक निजी सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’लाई दिएको एक अन्तर्वार्तामा मोदीले आफूहरुले छिमेकी मुलुकहरुसँग सधै मित्रवत सम्बन्ध राख्न चाहेको प्रष्ट पारेका छन् ।
उनले छिमेकीहरुसँगको सम्बन्धबारे थप कुनै बहसको नै आवश्यकता नभएको समेत बताए ।
उनले छिमेकी बारेको आफ्नो उदेश्य, विचार तथा अहिलेको व्यवहारमा कुनै पनि परिवर्तन नआएको पनि बताए । उनले ठूला मुलुकसँग सम्बन्ध विस्तार गर्दा साना मुलुकहरु कम महत्त्वका हुन्छन् भन्ने ठान्न नहुने सिद्धान्तमा आफु अडिग रहेको पनि बताएका छन ।
उनले साना मुलुकहरु पनि ठूला मुलुकहरुजत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै पहिला आफुहरुलाई ठूला मुलुकहरुसँग सम्बन्धमा स्याडोमा साना मुलुकहरुसँगको सम्बन्ध विकास हुन्छ भन्ने लागेको तर त्यसमा आफुले परिवर्तन गराएको बताए ।
मोदीले आफु प्रधानमन्त्री भएपछि विदेश नीति आफ्नो लागि नयाँ विषय भएको स्वीकार समेत गरेका छन् । उनले पाकिस्तानसागको सम्बन्धमा केही भुल र केही गल्ती भउको बताउँदै अब टेवल मार्फत र सीमा मार्फत् सम्बन्ध सुधार हुने बताए ।
nepalsandesh

0 comments
प्रतिक्रिया दिनुहोस्...