Advertisement
|
आषाढ १४, विश्वास गर्नुस्, हनुमानजीले आर्थिक समस्याहरूको समाधान गर्नुहुन्छ । शीघ्र प्रसन्न हुने हनुमानजीलाई रिझाउन यी उपायहरू अपनाउनुपर्छ । हरेक मंगलवार र शनिवार बिहानै ब्रह्ममुहूर्तमा उठ्नुहोस् । यसपछि नित्यकर्म गरेर पीपलको ११ वटा पात टिप्नुहोस् । याद गर्नुस्, पातहरू सग्ला हुनुपर्छ । काटिएको पात हुनुहुँदैन । यी ११ पातमा स्वच्छ जलले भिजाएका चन्दनले श्रीरामको नाम लेख्नुस् ।
नाम लेख्दा हनुमानचालीसा पढ्नुस् । सबै पातमा श्रीराम नाम लेखेपछि यी पातहरूको माला बनाउनुस् । यो माला हनुमानजीलाई चढाउनुस् । नियमित यसो गरिरहनुभयो भने केही समयमै सकारात्मक परिणाम प्राप्त गर्नुहुनेछ । हनुमानजीको मन्दिर जाँदा नरिवल लिएर जानुस् । मन्दिरमा हनुमानजीको मूर्ति अगाडि गएर आफ्नो टाउकोमा सातचोटि घुमाउनुस् । त्यसपछि त्यो नरिवल हनुमानजीको अगाडि फुटाउनुस् ।
यसो गर्दा तपाईंको उन्नतिका सबै बाधाव्यवधान हट्छन् । हनुमानजीलाई सिन्दूर र तेल समर्पण गर्नुभयो भने पनि उहाँ खुशी हुनुहुनेछ । विवाहिता स्त्रीहरूले आफ्नो पतिको लामो उमेरका लागि सिउँदोमा सिन्दूर लगाएझैं हनुमानजी पनि आफ्ना स्वामी श्रीरामका लागि पूरा शरीरमा तेल दलेर सिन्दूर लगाउनुहुन्छ ।पुर्बेलीन्युजबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...