-->
हिन्दु स्वयंसेवक तालिममा पूर्व प्रधानसेनापति कटुवाल !
Advertisement

वीरगज–पूर्व प्रधानसेनापति रुक्मांगत कटुवाल विहीवार वीरगन्जमा हिन्दु स्वयंसेवक संघको मञ्चमा देखिए। हिन्दुत्व रक्षा र राष्ट्रिय एकताको पक्षमा एक्यबद्ध हुन उनले अह्वान गरे।
विगतमा हिन्दुवादी आन्दोलनकोसमेत केन्द्रविन्दु रहिआएको वीरगन्जमा यहाँका हिन्दु अगुवाहरुसँग यसअघि पनि मञ्च साझा गर्दै आएका कटुवाल यो पटक २० दिने प्रशिक्षणको समापन समारोहको प्रमुख अतिथि थिए।
भारतको केन्द्र सरकारमा रहेको भारतीय जनता पार्टीलाई निर्देशित गर्ने संस्थाको रुपमा रहेको राष्ट्रिय स्वयंसेवक संघ सँग सहकार्य गर्ने नेपालको हिन्दु स्वयंसेवक संघको चारमध्ये यो दोस्रो तहको प्रशिक्षणलाई निकै महत्वपुर्ण मानिन्छ। नेपालभरीबाट १ सय ७४ जना सहभागि रहेको 'संघ शिक्षा बर्ग' भनिएको प्रशिक्षणमा भारतीय र नेपाली गरी १६ जना प्रशिक्षकहरुले शारीरिक, सामरिक र बौद्धिक प्रशिक्षण दिएकोस्वयं सेवक रन्ज्ति साहले बताए।
'नेपाल हाम्रो साझा घर हो त्यसकारण राष्ट्रहित सर्वोपरी हो,' कटुवालले भने, 'सबै जात, धर्म, बर्ग, समुदाय र भाषभाषिको हित यसैमा निहित छ।' उनले प्रवचन शैलीमा रामायण र माहाभारतको प्रसंगहरु सुनाए।
प्रमुख वक्ताको रुपमा आएका भारतको प्रान्त उत्तरप्रदेशका क्षेत्र प्रचारक शिव नारायणले सनातन हिन्दु धर्म र राष्ट्रहितमा काम गर्न नवप्रशिक्षितहरुलाई आग्रह गरे।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.