-->
पैदलयात्रीलाई ठक्कर दिएर मारेको अभियोगमा कैद सजाय तोकिएका टेम्पु चालक २२ वर्षपछि पक्राउ
Advertisement

पैदलयात्रीलाई ठक्कर दिएर मारेको अभियोगमा कैद सजाय तोकिएका टेम्पु चालक २२ वर्षपछि पक्राउ परेका छन् । २०५१ साउन २३ को घटनामा दोषी ठहर भएका गणेशबहादुर तण्डुकार बुधबार पक्राउ परेका हुन् ।
तण्डुकारलाई काठमाडौं जिल्ला अदालतले २ वर्ष कैदको फैसला गरे पनि उनी फेला परेका थिएनन् । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार साउनमा बा.अ.ह. ८७७ नम्बरको टेम्पो चलाउनेक्रममा चाबहिलमा पैदलयात्री राम कुमार जीवनलाई ठक्कर दिएका थिए । उपचारका क्रममा उनको २४ गते मृत्यु भएपछि तन्डुकारविरुद्ध सवारी ज्यान मुद्धा लागेको थियो ।
सोही मुद्धामा जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गर्दै २०५१ माघ १० मा कैद सजाय सुनाएको थियो । अदालतको फैसला कार्यान्वयन निर्देशनालयको सूचीमा सो फैसला कार्यान्वयन नभएको आधारमा ब्युरोको टोलीले तन्डुकारलाई पक्राउ गरी अदालतमा बुझाएको थियो ।
अदालतले बुधबार उनलाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाएको छ ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.