-->
२० वर्षे युवक ६ महिनादेखि एउटा खम्बामा गाईवस्तुसँगै बन्धक
Advertisement

एउटा खम्बामा गाईवस्तु र अर्कोमा २० वर्षे युवकलाई फलामे साङ्लाले बाँधिएको छ । झट्ट नियाल्दा पशु भन्दा फरक अवस्था समेत छैन । मानसिक विरामी भन्दै जिल्लाको दुर्गम तेलिया ७ खान्मेराका थर्कबहादुर लिम्बूलाई विगत ६ महिनादेखि गाई गोठमा साङ्लाले बाँधिएको छ ।
जथाभावी बोल्ने, मानिसलाई कुटपीट गर्ने र बेसुरमा हिड्ने समस्या भएपछि परिवारले उनलाई गाईवस्तुसँगै खुट्टामा बाँधेर राख्दै आएका छन् । उनलाई राखिएको अवस्था नियाल्दा पशुकै जस्तो लाग्ने गरेको स्थानीय शिक्षक पूर्णबहादुर लिम्बूले बताए । ‘एउटा खाँबोमा गाईवस्तु बाँधिएको छ,’ उनले भने, ‘अर्कोमा थर्कबहादुरलाई बाँधेर राखिएको छ ।’  
एक वर्षदेखि असामान्य व्यवहार देखाउँदै आएको उनका बाबु गोविन्दले बताए । जवान छोराको अवस्था देखेर चिन्तित बनेका उनले आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नसकेको गुनासो पोखे । घरको भाडाकुडा फुटाउने, परिवारका सदस्यलाई आक्रमण गर्ने र जथाभावी हिड्ने गरेपछि आफुहरु हैरान भएको बाबु गोविन्दले बताए । तर भोक, निद्रा र सौच गर्न परे परिवारलाई बोलाउने गरेका छन् । सौचालय जाँदा परिवारका सदस्यको साथमा बाधिएकै अवस्थामा लगिन्छ ।
प्राथमिक तहसम्म मात्र अध्ययन गरेका लिम्बु आर्थिक अवस्थाका कारण बीचैमा अध्ययन छोड्नु परेको आमा ईन्द्रमायाले बताइन् । छोराको उपचारका लागि कुनै मनकारीको सहयोगको उनले याचना गरिन् । तेह्रथुमको सिमावर्ती उक्त गाउँबाट स्वास्थ्य संस्था समेत टाढा रहेको र उपचार गराउन परिवारको ध्यान नजादा लिम्बुको अवस्था दयनिय बन्दै गएको छ
source_ekantipur


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.