-->
सन्नीको नेपाली युवालाई सुझाव : सुरक्षित भएर पिउनुहोला
Advertisement

असार १४। काठमाडौं – बलिउड अभिनेत्री सन्नी लियोनी यति बेला काठमाडौंमा छिन् । जिंक भोड्काको कार्यक्रममा सहभागी हुन काठमाडौं आएकी सन्नी आज कार्यक्रमअघि होटल हायातमा पत्रकार सम्मेलनमा सहभागी भइन् ।
जिंक भोड्काको ब्राण्ड एमासेडरसमेत रहेकी सन्नीले कार्यक्रममा बोल्दै नेपाली युवाहरुलाई मदिरापान गरे पनि सुरक्षित भएर मात्र पिउन सुझाव दिएकी छिन् ।
कार्यक्रममा बोल्दै उनले यो तेस्रो पटकको नेपाल भ्रमण रहेको बताइन् । उनले भनिन्, ‘मलाई नेपाल विश्वका अन्य मुलुकहरुभन्दा राम्रो लाग्छ । यहाँको संस्कृति, भेषभुषा भारतकै जस्तो लाग्छ । म हरेक पटक आउँदा आफू पहिले गइसकेको ठाउँ दोहोराएर पुग्ने गर्छु ।’
आजै होटल हायातमा पार्टीको आयोजना गरिएको छ । जिंक भोड्काले सेल्फी विथ सन्नी नामक प्रतियोगिताको आयोजना गरेको थियो जसमा विजेता बनेका नेपाली युवायुवतीहरुले सन्नीसँग पार्टी गर्नका साथै सेल्फी खिच्ने मौका पाउने छन् । -रातो पाटी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.