-->
‘तँ मधेसकी केटी होस् नत्र जे पनि गरिदिन्थेँ’: कांग्रेस नेता
Advertisement

वीरगन्ज, १० असार । नेपाली कांग्रेसका नेता एवं किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गद्धीले जिल्ला कृषि विकास कार्यालय पर्साकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेका छन् ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – आफूले भनेको फर्जी काम नगरेको निहुँमा नेता गद्धीले कार्यालयकी मत्स्य विकास अधिकृत सबिता झालाई गाली गर्दै दुर्व्यवहार गरेका हुन् ।
पर्साको महसीहानीका शम्भुप्रसाद कलवारसँगै बुधबार साँझ जिल्ला कृषि विकास कार्यालय पुगेका गद्धीले कार्यालय प्रमुखकै कार्यकक्षमा मत्स्य विकास अधिकृत झालाई गालीगलौजी र धम्की दिँदै दुर्व्यवहार गरेका हुन् ।
पर्साको मसिहानी गाविस २ मा रहेको कलवारको पुरानो पोखरीलाई फर्जी कागजातका आधारमा नयाँ पोखरी कायम गरी सरकारी अनुदान रकम उपलब्ध गराइदिन गद्धीले दबाब दिएका थिए ।
अभियानमुखी मत्स्य उत्पादन कार्यक्रमअन्तर्गत एक हेक्टर क्षेत्रफलमा खनिएको नयाँ पोखरीका लागि सरकारले किसानलाई तीन लाख रुपैयाँ अनुदान दिने गरेको छ । तर स्थलगत अनुगमनका क्रममा कलवारको पोखरी नयाँ नभई पुरानो भएको फेला परेपछि मत्स्य विकास अधिकृत झाले अनुदान दिन नमिल्ने बताएपछि पोखरीधनी कलवारसँगै जिल्ला कृषि विकास कार्यालय पुगेका गद्धीले झामाथि दुर्व्यवहार गरेका हुन् ।
गद्धीसँगै रहेका कलवारले पनि झामाथि हातपात गर्ने प्रयास गरेका थिए । ‘कार्यालय प्रमुखको कार्यकक्षमा बसेका बेला गद्धी र कलवारले अपशब्द प्रयोग गर्दै गाली गरे । काम नगरे सरुवा गराइ दिन्छु भन्दै धम्की पनि दिएु, मत्स्य विकास अधिकृत झाले भनिन्,‘कलवारले त ममाथि हातपात गर्न खोजेका थिए तर अरू साथीले रोके ।ु
‘तँ मधेसकी केटी होस् त्यही भएर तँलाई छोडिदियौं, होइन भने जे पनि गरिदिन्थ्यौुं, गद्धीको धम्की उद्धृत गर्दै झाले भनिन् ।
नेता गद्धी र कलवारले आफूलाई पनि गालीगलौज गर्दै सरुवा गराइदिने धम्की दिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार सिन्हाले बताए । गद्धी र कलवारले कर्मचारीसँग गरेको दुर्व्यवहार को श्रव्यदृश्य सीसीटीभी क्यामेरामा कैद भएको र ती दृश्य आफसँग सुरक्षित रहेको कार्यालय प्रमुख सिन्हाले जानकारी दिए ।
नेता गद्धीले फर्जी कामका लागि एक महिना पहिले पनि आफूलाई धम्की दिएको झाले बताइन् । राजनीतिक आडमा गद्धीले पटकपटक आफूलाई र कार्यालयका अन्य कर्मचारीलाई गलत कामका लागि दबाब दिने गरेको कार्यालय प्रमुख सिन्हाले बताए । ‘उनी सधैं कार्यालयमा आउँछन्, यो गर त्यो गर भनेर दबाब दिन्छन्, सिन्हाले भने, ‘उनको व्यवहारबाट कर्मचारी पीडित छन् ।’
यसैबीच जिल्ला कृषि विकास कार्यालय पर्साका कर्मचारीले मत्स्य विकास अधिकृत झासँग दुर्व्यवहार गर्ने गद्धी र कलवारलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरीसमेत दिएका छन् ।khabardabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.