-->
इंग्ल्याण्डलाई हराउँदै आइसल्याण्ड युरोकपको क्वाटरफाइनलमा
Advertisement

एजेन्सीः फुटबलको महारथी इंग्ल्याण्डलाई हराउँदै सानो मुलुक आइसल्यण युरोकप प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ ।
मंगलबार राती भएको खेलमा आइसल्याण्डले इंग्ल्याण्डलाई २–१ ले हराउदै क्वाटरफाइनलको यात्रा तय गरेको हो । खेलको सुरुमा पछाडि परेको नतिजा उल्टाउदै आइसल्याण्डले युरोकपको क्वाटरफाइनल यात्रा तय गरेको हो ।
खेलको चौथो मिनेटमै इंग्ल्याण्डका कप्तान वायेने रुनीले पेनाल्टीमार्फत् आइसल्याण्डमाथि गोल गरेका थिए । खेलको चौथो मिनेटमै आइसल्याण्डका गोलरक्षक हल्डोरसनले फरवार्ड रहिम स्टिर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
प्रारम्भिक नतिजा अप्ठेरो भए पनि इंग्ल्याण्डको अग्रतालाई दुई मिनेट बढी टिक्न नदिइ छैटौँ मिनेटमा आइसल्याण्डका रग्नर सिगुरोसनले इंग्ल्याण्डमाथि गोल गरे भने १८ औँ मिनेटमा कोल्वेइन सिग्पोर्सनले गोल गर्दै आइसल्याण्डले दुई एकको अग्रता दिलाए ।
पहिलो हाफको प्रारम्भिक १८ मिनेटसम्म भएको रोचक खेलमै इग्ल्याण्ड र आइसल्याण्डको खेल सीमित रह्यो । दोस्रो हाफमा इग्ल्याण्डले आइसल्याण्डमाथि थुप्रै प्रहार गरेको भए पनि युरोकपबाट बाहिरिन बाध्य भयो ।
क्वाटरफाइनलमा आइसल्याण्ड आयोजक फ्रान्ससँग भिड्ने छ । फ्रान्स आयरल्यण्डलाई हराउदै क्वाटरफाइनलमा पुगेका छ ।
आइसल्याण्डसँग पराजित भएपछि इंल्याण्डका प्रशिक्षक रोय हर्डसनले राजीनामा दिएका छन्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.