-->
आइसल्यान्डमाथि रोनाल्डोको आरोप
Advertisement

क्रिस्टियानो रोनाल्डोले कमजोर मानिएको आइसल्यान्डलाई मंगलबार १–१ को बराबरीपछि ‘पार्किङ द बस’ को आरोप लगाएका छन् । युरो २०१६ को समूह ‘एफ’ को खेलमा एटलान्टाको सानो आइसल्यान्डले बलियो र उपाधिको दाबेदार पोर्चुगललाई बराबरीमा रोकेको हो ।
पोर्चुगलले गरेका २४ आक्रमणमध्ये दस रियल म्याड्रिड स्टारका नाममा रहे । तर उनी युरोमा चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी हुनबाट भने रोकिए ।
रोनाल्डोले लुइस फिगोको नाममा रहेको पोर्चुगलका लागि सर्वाधिक खेलेको कीर्तिमान भने बराबरी गरे । दुवैले १ सय २७ पल्ट खेले । यता खेलमा भने नानीले पोर्चुगललाई उत्कृष्ट गोल मदतले अग्रता दिलाए पनि आइसल्यान्डका मिडफिल्डर बिरकिर जरनासनले भलीमा बराबरी गोल फर्काए ।
खेलको समाप्तिमा रोनाल्डो निराश देखिएका थिए । आइसल्यान्डका गोलरक्षक हनेस हाल्डोरसनले भने उत्कृष्ट बचाउको नमुना पेस गरे ।
‘पूरा ९० मिनेटको खेल कठिन रह्यो । उनीहरूले एक गोल गरेपछि सबै खेलाडी बलको पछाडि लागे,’ रोनाल्डोले भने, ‘उनीहरूले बस आफ्नो पोस्टमा पार्किङ गरेका थिए । तर हामीले आफ्नोतर्फबाट पूरा प्रयास भने गर्‍यौं । उनीहरूले आक्रमण नै गरेनन्, खालि रोक्ने प्रयास मात्र गरे । त्यसैले आइसल्यान्डले प्रतियोगितामा केही गर्न सक्ने छैन, किनभने उनीहरूको मानसिकता कमजोर र सानो छ ।’
अस्ट्रिया यसअघि हंगेरीसँग २–० ले पराजित रहेको थियो । शनिबार पेरिसमा हुने त्यस खेलमा भने रोनाल्डो जितका लागि आत्मविश्वास देखिए ।
उनले भने, ‘आजको बराबरीमा हामी वास्तवमै निराश छौं । तर प्रतियोगिता भर्खर सुरु भएको छ । हामीले चिन्ता गर्नुपर्ने कारण छैन । मलाई शतप्रतिशत विश्वास छ, हामी अर्को खेल जित्नेछौं ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.