-->
विमानस्थल आत्मघाती हमला, कम्तिमा ३० को मृत्यु
Advertisement

एजेन्सी, १५ असार । टर्कीको इस्तानबुलस्थित मुख्य विमानस्थलमा गरिएको आत्मघाती हमलामा परि कम्तिमा ३० जनाको मृत्यु भएको छ । आक्रमणमा ६० जनाभन्दा बढी घाइते भएको त्यहाँ अधिकारीहरुले बताएका छन् ।
बीबीसीका अनुसार आटुटर्क अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको उक्त हमलामा ३ जना आक्रमणकारी संलग्न रहेको बताइएको छ। प्रवेश विन्दुलाई निशाना बनाएका उनीहरुमध्ये एकजनाले कालाश्निकोभबाट गोली प्रहार गरिरहेको देखिएका थिए।
सामाजिक सञ्जालमा आएको एउटा भिडियो फुटेजमा प्रहरीले एकजना आक्रमणकारीलाई गोली चलाएको जस्तो देखिन्छ र घाइते भएर भूइँमा लडिरहँदा उनले आत्मघाती ‘भेष्ट’ विस्फोट गराएको जस्तो देखिन्छ। हमलापछि विमानस्थलका सेवाहरु बन्द गरिएका छन् र मानिसहरुलाई विमानस्थलबाट टाढै रहन भनिएको छ।
khabardabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.