-->
आमिरको नयाँ लुक भाइरल :रिलिजको तयारीमा रहेको फिल्म ‘दंगल’ पनि हिट हुने संकेत
Advertisement

बलिउडका चर्चित अभिनेता आमिर खानका पछिल्ला फिल्म सुपरहिट भएका छन् । रिलिजको तयारीमा रहेको फिल्म ‘दंगल’ पनि हिट हुने संकेत देखिइसकेको छ । आमिरले यो फिल्मबाट आफ्नो एउटा तस्बिर सोमबार ट्विट गरे ।
आमिरले तस्बिर ट्विट गरेको केही समयमा नै यो भाइरल भयो । आमिरका प्रशंसकले यो तस्बिरको वाहवाही मात्र गरेनन्, आमिरको परिश्रमको पनि व्यापक चर्चा गरे ।
भारतीय पहलमान महावीर फोगटको जीवनमा आधारित फिल्ममा आमिर महावीरको भूमिकामा छन् । दंगलका लागि आमिरले आफ्नो तौल बढाएका थिए । तर, अब युवा महावीरको भूमिकाका लागि उनी तौल घटाउँदै छन् । दंगल २३ डिसेम्बरमा रिलिज हुने तयारी  गरिएको छ ।आमिरको नयाँ लुक भाइरल


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.