Advertisement
|
काठमाडौं, ३१ जेठ । मेलम्ची खानेपानी विकास समितिले आयोजनाको ८३ प्रतिशत काम पूरा भएको जनाउँदै १ वर्षभित्रै उपत्यकामा पानी आउने दाबी गरेको छ ।
खानेपानी आयोजनाअन्तर्गतका सुरुङ निर्माण, पाइप बिछ्याउने, पानी प्रशोधन केन्द्र निर्माण र पानी ट्यांकी निर्माणको आधाभन्दा बढी काम पूरा भएको उल्लेख गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
समितिले एक वर्षभित्र उपत्यकामा मेलम्चीको पानी आइपुग्ने जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाका महानिर्देशक घनश्याम भट्टराईले सुरुङ खन्ने काममा सन्तोषजनक प्रगति भएको उल्लेख गर्दै २७ किमी सुरुङमध्ये १७ किमी खनिसकेको जानकारी दिए ।
उनका अनुसार अब १० किमी मात्र सुरुङ खन्न बाँकी छ । यसअघि सरकारले २०७१ वैशाख १ गते उपत्यकामा पानी ल्याइपुगाउने प्रतिबद्धता जनाएको थियो ।
तर, भूकम्प र भारतीय नाकाबन्दीका कारण काममा ढिला भएको उनले बताए । सुरुङ निर्माणको ठेक्काको म्याद आउँदो असोजमा सकिँदैछ ।
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...