Advertisement
|
बिगुल स्वास्थ्य, काठमाडौँ । पेटको गडबडी भएको अवस्थामा भातसंग दही मिसाएर खाएमा समस्या समाधान हुन्छ ।
पायल्सको समस्या भएका बिरामीहरुले दिउसोको खाना पश्चात एक ग्लास महिमा अलिकति ज्वानो मिसाएर खाने गरेमा राहत मिल्दछ ।
पेटको जटिल समस्या भएका बिरामीहरुले पनि दहि संग जुनेलोको रोटि खाएमा पेटको समस्या कम हुन्छ ।
सानो बच्चाको दाँत आउन ढिलो भएको छ भने दहीमा मह मिसाएर खुवाउनुहोस् ।
मुखमा घाउ तथा खटिरा छन् भने मह र दहीको समान मात्रामा मिलाएर दैनिक रुपमा लगाएमा घाउ सञ्चो हुन्छ ।
नियमित दहीको सेवनले बासोको मात्रा कम गर्दछ ।
गर्मीको समयमा दहीबाट मही निकालेर अथवा लस्सी बनाएर खाने गरेमा पेटमा भएको गर्मीपन तुरुन्त निको पार्दछ । यसो गर्नाले लु लाग्ने संभावना पनि कम हुन्छ । पातला ब्यक्तिले दहिमा किसमिस, बदाम, छोडा आदि मिसाएर खाने गर्नाले तौल बढ्नुका साथै मोटोपना बढ्नमा सघाउ पुग्दछ ।
हृदयरोग तथा उच्च रक्तचाप, मृघौलाको समस्याभएका लाई समस्या समाधानका लागि भरपुर सघाउंछ । साथै मुटुको चाल सन्तुलनमा राख्दछ । यसले रगतमा भएको हानीकारक कोलेस्टोरोल घटाउनुका साथै आगामी समयमा बढ्न दिदैन् । दहीमा क्याल्सियमको मात्रा अधिक हुने भएकाले हड्डी, दाँत, नङ मजबुद बनाउनुका साथै मांसपेसीलाई सही तरिकाले काम गर्न सघाउछ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...