-->
कसरी हुन्छ पाठेघरको क्यान्सर ?
Advertisement

। पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखमा नियन्त्रण भन्दा बढी कोषीकाहरु वृद्धि भएपछि क्यान्सर हुने गर्दछ । डाक्टरहरुका अनुसार पाठेघरको मुखको क्यान्सर हुने कारण नै यहि हो भन्ने नभएपनि यसको मुख्य कारक तत्व भाइरल संक्रमण हो ।

डाक्टर रश्मी पुन गुरुङका अनुसार पाठेघरको क्यान्सर शारीरिक सम्पर्क गरेरकाहरुलाई पा्रय हुन्छ ।

शारीरिक सम्पर्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक किटाणुका केही प्रजातिका कारण पाठेघरको मुखमा क्यान्सर हुन्छ । ‘यो ईन्फेक्सन केटाबाट केटीमा सर्छ त्यसैले शारीरिक सम्पर्क गर्दा ध्यान दिनुपर्छ, धेरै जनासँग सम्पर्क राख्ने केटासँग सम्बन्ध राख्नुहुँदैन’ डाक्टर रश्मी पुन गुरुङले भनिन् ।

शारीरिक सरसफाईमा ध्यान नदिनाले र धैरैसँग सम्पर्कमा आउनेलाई यो क्यान्सर लाग्ने डाक्टर गुरुङले बताइन । धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्याउने उनले बताइन् ।

– खतरा :
– शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, ।
– धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई ।
– यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई ।

– लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ ।
– जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।

-लक्षण:
– गन्हाउने पानी बग्ने
– संक्रमण भैरहने
– रगत मिसिएको पानी बग्ने
– महिनावारी नभएको बेलामा पनि रगत देखिने, महिनावारी रोकिएपछि पनि फेरि रगत देखिने
– पेट फुल्ने
– खुट्टा सुन्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा समस्या देखिने ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.