-->
विस्फोटक पदार्थ किन्न सेनाद्वारा ६ करोड माग
Advertisement

काठमाडौं: आर्थिक वर्ष समाप्त हुन लागेका बेला नेपाली सेनाले विस्फोटक पदार्थ बनाउने कच्चा पदार्थ भारतबाट खरिद गर्न ६ करोड रुपैयाँ माग गरेको छ । पहिला नै टेन्डर गरेर ठेकेदारको छनोट भए पनि उसको विश्वसनीयतामा प्रश्न उठेपछि आपूर्ति रोकिएको थियो । अहिले सोही कम्पनीका लागि स्वीकृति माग गरिएको छ।
माइनिङमा प्रयोग हुने एमुनियम नाइट्रेट ड्रिल नामक कच्चा पदार्थका लागि झन्डै ६ महिनाअघि नै खरिद सम्झौता भए पनि ठेकेदार कम्पनी र भारतीय उत्पादकको गुणस्तरमा प्रश्न उठेपछि खरिद रोकिएको थियो।भारतको पेरिनाइट्रड कम्पनीले नेपाली सेनालाई बिक्री गर्ने भनिएको अति संवेदनशील कच्चा पदार्थको गुणस्तरलगायत कम्पनीको विश्वसनीयता परीक्षण गर्न रक्षा मन्त्रालयका उपसचिवसहित नेपाली सेनाको एउटा टोलीले भारत भ्रमण पनि गरिसकेको छ।
परीक्षणका क्रममा नेपालस्थित एजेन्ट ट्विंकल बेल नामक कम्पनीको प्रतिनिधिसमेत भारत पुगेको सैनिक स्रोतले बतायो।सुरुमा उत्पादक भारतीय कम्पनी पेरिनाइट्रेडले नै कच्चा पदार्थ दिन समस्या परेको भन्दै लामो समयसम्म आनाकानी गरेको थियो।
सैनिक स्रोतका अनुसार यसबारे सतर्कता केन्द्रलगायत विभिन्न निकायमा उजुरीसमेत परेपछि कम्पनीको विश्वसनीयताबारे निर्णयका लागि मन्त्रालयमा फाइल पठाउन ढिला भएको थियो।स्थलगत परीक्षण गर्ने अधिकृत टोलीले स्पष्ट किटान नगरी प्रतिवेदन दिएपछि सामान खरिदको निर्णय रक्षामन्त्रीको तजबिजमा अड्किएको छ। कच्चा पदार्थ तरल र ठोस दुवै प्रकृतिको खरिद गर्न लागिएको हो।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.