-->
भूकम्पपीडितलाई तीन लाख दिने सहमति
Advertisement

काठमाडौं— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका मागबारे छलफल गर्न मंगलबार साँझ शीर्ष नेता सहित बसेको चार दलीय कार्यदलको बैठकमा भूकम्पपीडितलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ। नयाँ वानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा यस्तो सहमति भएको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले नागरिकन्युजलाई बताए।
‘भूकम्पपीडित परिवारलाई तीन लाख रुपैयाँ नगद दिने विषयमा सैद्धान्तिक सहमति भएको छ’, नेता गिरीले नागरिकन्युजसँग भने, ‘एकमुस्ट दिने वा कति किस्ताबन्दीमा दिने भन्ने विषयमा छलफल हुन बाँकी छ।’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै लगातार संसद बैठक अबरुद्ध गरेपछि सो विषयमा सहमति जुटाउन शीर्ष तहमा संसद भवनमा बैठक राखिएको हो।
नयाँ वानेश्वरस्थित संसद भवनमा भएको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री बाहिरिए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए। प्रधानमन्त्री ओली बैठकमा केही समय बसेर बाहिरिएका थिए। अघिल्लो सरकारले दातृ निकायसँग गरेका सम्झौता एवं कार्यविधिका कारण एकमुस्ट रकम नगद दिनलाई समस्या परेको उनले सुनाएका थिए।
कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने अडान राख्दै गत शुक्रबारदेखि संसद अबरुद्ध गर्दै आएको छ। माग सम्वोधन नभएसम्म संसद चल्न नदिने अडान लिएपछि प्रमुख दलले सोमबार संयुक्त कार्यदल गठन गरेका थिए।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.