-->
धार्मिक कार्यका लागि महत्वपूर्ण मानिने गाईको गउतमा सुन हुन्छ भन्ने कुरा शास्त्रमा उल्लेख भए पनि प्रमाणित हुन भने सकेको थिएन । तर, बैज्ञानिकले गाईको गउतबाट सुन निकालेर सफल परिक्षण गरेका छन्,
Advertisement

१ लिटरबाट ३ देखि १० मिलिग्रामसम्म सुन
एजेन्सी । सुन्दै पत्यार नलाग्ने कुराहरु बैज्ञानिकहरुले सम्भव तुल्याएका छन् । हालै यस्तै पत्यार नलाग्ने कुरालाई भारतीय मिडियाहरुले भाइरल बनाएका छन् । त्यो हो भारतीय एक बैज्ञानिकले गाईको गहुँतबाट सुन निस्कन्छ भन्ने तथ्य ।
cow
भारतका प्रोफेसर डा. बीए गोलकियाले गाईको गहुँतबाट सुन निकाल्न सफल भएको दाबी गरेका छन् । उनले एक लिटर गहुँतबाट ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सकिने दाबी गरेका हुन् । गुजरातको जूनागढ़ कृषि विश्वविद्यालयका यी प्रोफेसरले ४ बर्षको अनुसन्धानपछि यो तथ्य आफूले पुष्टि गरेको जनाएका छन् ।
उनले गुजरातमा पाइने प्रसिद्ध गिर नस्ल गाईको गहुँतबाट सुन निस्कने दाबी गरेका हुन् । विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका अध्यक्ष समेत रहेका डा.गोलकियाले आफ्नो ४ बर्षको अनुसन्धानमा ४०० भन्दा बढी गाईको गहुँत जाँच गरेका थिए । त्यस क्रममा उनले ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सफल भएको दाबी गरेका हुन् । यद्यपि उनले यो धातु आयनको रूपमा (gold salts) पाइने र पानीमा घुल्ने बताएका छन् ।
परीक्षणको क्रममा उनले क्रोमैटोग्राफी ( chromatography-mass spectrometry (GC-MS) बिधि प्रयोग गरेका थिए । परीक्षणपछी उनले भने ‘ हामीले धार्मिक ग्रन्थमा मात्रै गाईको गहुँतमा सुन हुने पढेको थियौ, त्यसको कुनै बैज्ञानिक प्रमाण थिएन, यहि कारण हामीले यस बिषयमा अनुसन्धान् ग¥यौ र र सफल भयौ’ ।
उनले गहुँतमा भेटिएको यो सुन केवल रसायनिक प्रक्रियाबाट निकाल्न सकिने बताएका छन् । अनुसन्धानको क्रममा भैसी, ऊंट, भेडाको मुत्र पनि परीक्षण गरेको तर कुनैमा सुन फेला नपरेको उनको भनाइ छ । अनुसन्धानको क्रममा गउतमा पाइने ५ हजार बढी यौगिक मध्ये ३८८ मा औषधीय गुण रहेको पनि फेला परेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.