-->
सरकारले यसरी कारबाही गर्दैछ ‘विप्लव’ माओवादीलाई
Advertisement

काठमाडौं, ३१ जेठ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
उक्त पार्टीका कार्यकर्ताले एनसेलका १० वटा बेस स्टेसन र वर्ल्ड भिजन इन्टरनेसनलको कार्यालयमा आगो लगाइदिएपछि गृहमन्त्रीले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा बोलाएर अराजक गतिविधि गर्ने र कानुन हातमा लिनेमाथि कडा कारबाही गर्न निर्देशन दिएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उनले एनसेलको बेस स्टेसन र वर्ल्ड भिजनको कार्यलय जलाउनेलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिए । ‘तोडफोड र आगजनी गरेर सार्वजनिक सम्पत्तिमा क्षति पुगाउने जोकोही व्यक्ति वा समूह भए पनि उम्कन पाउने छैनन् । पक्राउ गरेर कानुनी दायरामा ल्याउनुहोस्, ’सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीले दिएको निर्देशन उदृत गर्दै गृहका प्रवक्ता यादवराज कोइरालाले भने ।
प्रहरी प्रधान कार्यालयले शनिबार देशभरका प्रहरी कार्यालयलार्इ विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता र उनीहरुका गतिविधिलार्इ विशेष निगरानी गर्नु भन्दै परिपत्र पनि गरेको छ ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.