-->
ओली सरकारको अर्को नयाँ निर्णय ,सर्वसाधारण नेपालीका लागि अर्को खुसीको खबर
Advertisement

काठमाडौं, जेठ ३१– अब स्वरोजगारी गर्ने व्यक्तिले पनि सञ्चयकोषमा रकम जम्मा गर्न पाउने भएका छन् । कुनै संघसंस्थामा आबद्ध नभई आफ्नै व्यवसाय गरिरहेकालाई लक्षित गरी कर्मचारी सञ्चय कोषले नयाँ कार्यक्रम अघि बढाउन लागेको हो ।
कर्मचारी सञ्चय कोष ऐन २०१९ संशोधन गर्दै सरकारी र नीजि क्षेत्रमा संस्थागत रुपमा काम गरिरहेका बाहेक स्वरोजगारले पनि सञ्चय कोषमा रकम जम्मा गर्न पाउने छन् ।
संसदको अर्थ समितिमा अहिले छलफलको क्रममा रहेको ऐन संशोधन विधेयकमा यो थप व्यवस्था गरिएको छ । यो विधेयक संसदबाट पारित भएपछि स्वरोजगारहरुले पनि संचय कोषमा रकम जम्मा गर्न सक्नेछन् । विधेयकमा गरिएको स्वरोजगारको परिभाषाअनुसार आफ्नै व्यवसाय गरिरहेका इन्जिनियर, चिकित्सक, कानुन व्यवसायीलगायतले कोषमा रकम जम्मा गर्न सक्नेछन् । लाइटनेपालबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.