-->
नझुक्किनुस्, १०० को नोटमा अब एउटा हैन दुई गैँडा, माउ र केटासँगै
Advertisement

३१ जेठ |
काठमाडौँ : एक सयको नोट नेपालमा सुरु भएको बेलादेखि नै त्यसको पछाडिको भागमा एउटा गैँडा रहने गरेकोमा आजदेखि बजारमा आएको नयाँ नोटमा दुई वटा गैँडा हुनेछ।
नेपाल राष्ट्र बैँकले आज सार्वजनिक गरेको सूचना अनुसार आजैदेखि बजारमा आउने सय रुपैयाँको नोटमा अब माउ गैँडा र बच्चा गैँडा अर्थात् केटा पनि सँगै रहनेछ।
के-के छ परिवर्तन?
नोटमा नयाँ गभर्नर चिरन्जीवी नेपालको हस्ताक्षर रहेको छ। नेपालको हस्ताक्षरसहित बजारमा आउन लागेको यो पहिलो नोट हो।
त्यसैगरी नोटको सुरक्षा धागो पनि परिवर्तन गरिएको छ। नोटको अग्रभागमा रहने सुरक्षा धागोलाई सीधा हेर्दा रातो देखिन्छ भने ढल्काएर हेर्दा हरियो। यसलाई उज्यालो प्रकाशमा हेर्दा भने पारदर्शी देखिन्छ जसमा अङ्ग्रेजी अक्षर एनआरबी र १०० लेखेको देखिन्छ।
त्यसैगरी अशोक स्तम्भको चित्रसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको छ।
नोटको पानी छापमा पहिले जस्तै लालिगुँरासको फोटो राखिएको छ। फिट मेडल फिचरमा भने मायादेवीको चित्र राखिएको छ। नोटको बोर्डरमा नेपालीमा वि.सं. २०७२ र अङ्ग्रेजीमा २०१५ एडी लेखिएको छ।स्रोत: पहिलोपोस्ट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.